सुनाखरी न्युज/ काठमाडौं । ज्योति विकास बैंकले २०७९ साल असार १२ गते आइतबार बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनता माझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको हो।
बेसीशहर नगरपालिका वडा नं. ८, लम्जुङ्ग स्थित बेसीशहर शाखाको समुद्घाटन बेसीशहर नगरपालिका का मेयर गुमान सिंह अर्याल र बैंकका संचालक नरेशराज आचार्यले संयुक्त रुपमा गर्नु भएको थियो। उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहक वर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।
नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले बेसीशहर शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै QR Code, नि:शुल्क डलर कार्ड जारी, नि:शुल्क डिम्याट खाता, नि:शुल्क मेरो सेयर रजिस्ट्रेशन, नि:शुल्क डेबिट कार्ड, नि:शुल्क मोबाईल बैंकिंगसेवा, नि:शुल्क इन्टरनेट बैंकिंगसेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जासेवा शुल्कमा ०.२५% छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।