२०८१ आश्विन १२ , शनिवार

जनप्रदिपद्वारा जनप्रतिनिधि सम्मानित

शिशिर पौडेल/ पोखरा । पोखरामा कृयाशिल जन प्रदिप सहयोगी संस्थाले नव निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

 

जन प्रदिप माविवाट २०४७ सालमा प्रवेशिका परीक्षा दिएका पुर्व विद्यार्थीहरूले पोखरामा संस्था गठन गरि विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान दिएका छन । सो संस्थाले शनिवार आधिखोला गाउँ पालिका वडा नं ४ का नवनिर्वाचित अध्यक्ष सिंह व क्षेत्री , वडा नं ६ का महिला सदस्य कमला पौडेल ढकाल, फेदिखोला २ का महिला सदस्य एवं संस्थाका उपाध्यक्ष कलावती वस्नेतलाई कार्यक्रमका प्रमुख अतिथी संस्थाका प्रमुख संरक्षक ठाकुर प्र शर्मा, अध्यक्ष डोलनाथ गौतम चोलाकान्त, कोषाध्यक्ष गिता पौडेल लगायतले सम्मान पत्र र सल ओढाएर सम्मान गरेका छन् ।

 

कार्यक्रममा वोल्दै वडाध्यक्ष क्षेत्रिले चिलाउनेवासको विकासमा संस्थाले छोटो समयमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गरे । प्रमुख अतिथि शर्माले पोखरामै रहेर पनि गाउँको शैक्षिक तथा भौतिक विकासमा चासो राख्नु आफैमा महत्त्वपूर्ण रहेको वताए । संस्थाका अध्यक्ष डोलनाथ गौतम चोलाकान्तको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव दिपक पौडेलले गरेका थिए ।