२०८१ आश्विन १२ , शनिवार

राजनीतिक र सामाजिक सञ्जालमा निरन्तर सक्रिय : कांग्रेस नेता किरण गिरी

सुनाखरी न्युज/ काठमाडौं । राजनीतिक र सामाजिक सञ्जालका एउटा सफल अभियन्ता काठमाडौं जिल्ला क्षेत्र नं.९ का नेपाली कांग्रेसका केन्द्रीय नेता एबं प्रखर बक्ता : किरण गिरी ।

 

काठमाडौं जिल्ला क्षेत्र नं . ९ का नेपाली कांग्रेसका केन्द्रीय नेता एबं प्रखर बक्ता किरण गिरी नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन । एउटा कुशल पत्रकार , प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुदै नेपाली कांग्रेसको केन्द्रीय सदस्य एबं महासमिति सदस्य भैरहदा किरण गिरी हाल नेपाली कांग्रेसका केन्द्रीय नेता , प्रखर बक्ता र स्तम्भकार पत्रकारको रुपमा निरन्तर सक्रिय छन । आउदो संसदीय चुनाव को तयारीका बारेमा सुनाखरी अन लाइनले सोधेको प्रश्न मा कांग्रेस केन्द्रीय नेता किरण गिरी भन्छन – ” पार्टी केन्द्रीय सभापतिको निर्देशन र पार्टीको निर्णय सदा शिरोपर गरेर हिड्ने भएको हुदा हतारमा केही नबोल्ने र पार्टी गरेको सबै निर्णय को सम्मान गर्ने सफल बनाउन लागी पर्ने बताउनु भयो ।

 

आफू क्षेत्र नं ९ को नागार्जुन नगरपालिकाको -५ , चन्दागिरी नगरपालिकाको -५ काठमाडौं महानगर पालिका को -४ वटा वडाहरुमा सक्रिय रहेको बताउदै आफ्नो लक्ष्य र उधेश्य प्रतिनिधि सभाको सांसद नै हो भन्नुभएको छ । नेपाली कांग्रेस लाई यहाँ सम्म ल्याउन मैले भन्दा धेरै त्याग , योगदान र लगानी गरेका नेताहरु काठमाडौं जिल्ला क्षेत्र नं.९ मा हुनुहुन्छ आफू सदा उहाहरुको सम्मान गरेर अगाडि बड्ने कुरा समेत बताउनु भएको छ । सदा सकारात्मक सोच र रचनात्मक जिबनशैली का साथ अगाडि बढ्ने किरण गिरी हरेक बिहानी सामाजिक सञ्जाल मा यसरी झुल्कन्छ्न :
सबै समादरणिय ज्यु हरुमा बिहानीको शुभ प्रभात ।
अग्रज आदरणीय नेता ज्यु हरु , समकालीन सहकर्मी साथीहरू र सबै भाइबहिनी हरुमा ” जय नेपाल ” को हार्दिक सम्मान । जय नेपाल ।
सकारात्मक सोच र रचनात्मक जीवन शैली नै हरेक सफलता को प्रमुख आधार हो ।
न बढी , न कम ।
राजनीतिक यात्रामा मेरो सक्रियता बढ्दै जाने छ , हरदम ।

समसामयिक जानकारी :-
करिब -३९ लाख जनताको समर्थन कांग्रेस लाई :-
स्थानीय निर्बाचन -२०७९ , गत बैशाख -३० गते सम्पन्न निर्बाचनमा नेपाली कांग्रेस – ३८ लाख , ८३ हजार , १ सय , ३८ लोकप्रिय मत सहित जनादेश द्वारा पहिलो शक्तिको रुपमा उदयमान भएको छ ।
नेपाली कांग्रेसको पपुलर मत :- ३८,८३,१,३८ ।
पालिका प्रमुख / अध्यक्ष :- ३२९ ।
वडा अध्यक्ष :- २६६५ ।
७७ जिल्ला मध्ये अहिले असार -५ गते ६७ जिल्ला को परिणाम आउँदा सम्म नेपाली कांग्रेसले ३२ जिल्लामा जिल्ला समन्वय समितिको नेतृत्व ” सभापति ” पद प्राप्त गरिसके छ ।

कांग्रेस मा देउवाको नेतृत्व सर्बाधिक सफल :-
जन नायक महामानव बि पी कोइराला पछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बर्तमान राजनीतिमा कांग्रेस सभापति शेरबहादुर देउवा को नेतृत्व सर्बाधिक सफल देखियो। पार्टीमा उपसभापति पुर्ण बहादुर खडका र सरकार मा गृहमन्त्री बालकृष्ण खांड यो चुनाबमा प्रधानमन्त्री एबं सभापति देउवाका कुशल सारथीका रूपमा सफल देखिनु भयो भने महामन्त्री गगन कुमार थापा र महामन्त्री बिश्वप्रकाश शर्मा प्रबक्ता प्रकाश शरण महत लगायत केन्द्रीय पदाधिकारी एबं सदस्यहरुको सार्थक र जिम्मेवार भूमिकाको कारण यो निर्बाचन जित्न हामी सफल भएका छौं ।
यो उपलब्धिका लागी नेपाली कांग्रेसका केन्द्रीय सभापति एबं सफल राजनेता सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा लाई हार्दिक सम्मान।
यो जनादेशको जग र उर्जा मा यहि निष्ठा र प्रतिबद्धताका साथ संसदीय र प्रदेशको आगामी निर्बाचन सफल पारौं ।
नेपाली कांग्रेस नै समुन्नति को आधार ।
तिनैतहमा नेपाली कांग्रेसको बहुमतको सरकार ।

 

यस कारण कांग्रेस सभापति देउवा सफल राजनेता :-
१४ औं महाधिवेशन बाट नै नेपाली कांग्रेस लाई निर्बाचनमा पहिलो पार्टी बनाछु भन्ने दृढता , अठोट र प्रतिबद्धता का साथ अगाडि बढेको नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा को नेतृत्व सबल , सक्षम र सफल प्रमाणिात भएको छ । गत स्थानीय निर्बाचनमा नेपाली कांग्रेस जनादेश बाट पहिलो पार्टी बनेको छ । आगामी संसदीय र प्रदेश को चुनाव मा पनि नेपाली कांग्रेस लाई पहिलो पार्टी बनाउने सभापति देउवा को लक्ष्य र उध्येश्य प्राप्तिका लागी नेपाली कांग्रेसको नेतृत्व सभापति देउवा लाई दृढता पुर्बक साथ , सहयोग र समर्थन गर्नु नेपाली कांग्रेसका हामी सबै नेता तथा कार्यकर्ता को दायित्व हो । नेपाली कांग्रेस लाई निर्बाचनको माध्यम बाट पहिलो पार्टी बनाउने सभापति देउवा मिसनमा मेरो निरन्तर साथ , सहयोग र समर्पण रहने छ । यो दुरदर्शि , परिपक्व र सालिन राजनेता संग राजनीतिक सहकार्य गर्न पाउदा म आफुलाइ अत्यन्तै भाग्यमानी र गौरव महसुस गरिरहेको छु । नेपाली कांग्रेस र मुलुक कै कुशल अभिभावक राजनेता नेपाली कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा प्रती हार्दिक सम्मान र नमन व्यक्त गर्दछु ।

उत्साह जनक चुनावी परिणाम :-
स्थानीय निर्वाचन परिणामअनुसार काँग्रेस पहिलो स्थानमा छ । काँग्रेस सबैभन्दा बढी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विजयी भएको छ ।
काँग्रेसबाट १३ हजार ७४५ जनप्रतिनिधि निर्वाचित भएका छन् ।
यस्तै नेकपा (एमाले) बाट ११ हजार ८७२, नेकपा (माओवादी केन्द्र)बाट पाँच हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी चार हजार ४८ जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
वि.सं २०७४ मा तीन चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसबाट ११ हजार ४५६, एमालेबाट १४ हजार १०० र माओवादी केन्द्रबाट पाँच हजार ४४० जनप्रतिनिधि निर्वाचित भएका थिए ।
नेपाली कांग्रेस जनादेश द्वारा पहिलो पार्टी ।
नेपाली कांग्रेसको उत्साह जनक बिजयी प्राप्त गर्ने सबैमा बधाई तथा शुभकामना ।
मुलुकमा पहिलो पार्टी नेपाली कांग्रेस नै हो भन्ने कुरा बर्तमान जनादेशले फेरिपनी पुष्टि गरेको छ ।
हामी अहिलेसम्म ७५३ पालिका मध्ये -३२९ स्थानमा बिजयी प्राप्त गरेका छौँ । नेपाली कांग्रेस यो स्थानीय निर्बाचनको जनादेश बाट मुलुकको पहिलो लोकतान्त्रिक राजनीतिक पार्टीको स्थापित भएको छ ।
लोकतन्त्रको सुन्दर पक्ष आबधिक निर्बाचन हो ।
यसै सन्दर्भमा स्थानीय निर्बाचन सप्पन्न भैसकेको छ ।
स्थानीय तहको निर्वाचन २०७९
वैशाख ३० गते शुक्रबार सप्पन्न भएको हो ।
यो चुनावमा नेपाली कांग्रेस ले ३२९ वटा पालिकाको नेतृत्व प्राप्त गरेको छ । पालिकाहरुमा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ । यो चुनावले नेपाली कांग्रेस मुलुकको पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित भएको छ ।
रुख चिन्हमा मतदान गर्ने हामी सबैलाई हार्दिक बधाई र शुभकामना ।

रुख चिन्ह मा मतदान , निरन्तर हाम्रो अभियान :-
नेपाली कांग्रेसलाई रुख चिन्हमा मतदान ।। लाई सदा सफल र सार्थक बनाउनु हामी सबैको दाइत्व हो ।
रुख 🌳चिन्हमा मतदान गरौं !
नेपाली कांग्रेस लाई जिताऔं भन्ने हाम्रो चाहना लाई सफल बनाउन हामी जति सफल भयौं त्यो हाम्रा लागी राजनीतिक रुपमा सकारात्मक र सुखद नै रह्यो । अब आगामी प्रदेश र संघीय संसदको चुनावका लागी पनि हामी सबै अझबढी सशक्त , प्रभावकारी रुपमा पार्टी संगठनमा सक्रिय रहनु जरुरी छ ।
सबल स्थानीय सरकार , समुन्नत गाउँ – समुन्नत नगर ।
केन्द्र देखी गाउँ सम्म नेपाली कांग्रेसको सरकार ।
बहुआयामिक जिम्मेवारी र भुमिकामा उत्साह जनक रुपमा सक्रिय म किरण गिरी :-
महासमिति सदस्य एबं निबर्तमा केन्द्रीय सदस्य नेपाली कांग्रेस
सदस्य – सचिब – नेपाली कांग्रेस बाढी पहिरो बिपद ब्यबस्थापन केन्द्रीय समन्वय समिति ।
केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
सदस्य – घोषणा पत्र तयारी समिति नेपाली कांग्रेस ।
सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
केन्द्रीय नेता एबं प्रखर बक्ता – नेपाली कांग्रेस काठमाडौं नेपाल।
केन्द्र देखी वडा , क्षेत्रमा र जिल्ला जिल्लामा निरन्तर पार्टी को सांगठनिक गतिविधि र क्रियाकलापमा सशक्त रुपमा कृयाशिल एउटा नेपाली कांग्रेसको एउटा अभियन्ता म मेरो सक्रियता र निरन्तरता को लागी प्रण गर्दछु ।

email – freelancerkiran@gmail.com
mobile – 9851060555 wath App र viber समेत ।
आम मतदाताहरुमा हार्दिक अपील ।
सबै तह र तप्कामा नेपाली कांग्रेसको बिजय सुनिश्चितता को लागी अब संसदीय र प्रदेश चुनावका लागी पनि आजैबाट लागौं , आजै बाट जागौं । सकारात्मक सोच र रचनात्मक जिबनशैली नै सफलताको प्रमुख आधार हो । यही सोच र शैली अबलम्बन गर्दै नेपाली कांग्रेसको राजनीति निरन्तर क्रियाशील एउटा केन्द्रीय राजनीतिक अभियन्ताको अबिचलित यात्रा र समर्पण । जय नेपाल ।
कुनै पनि बिषयमा राम्रो संग अध्ययन गरेर मात्र बोल्ने र लेख्ने क्षमता राख्ने कांग्रेस केन्द्रीय नेता किरण गिरी राजनीतिमा मात्र होइन दार्शनिक र धार्मिक सन्दर्भमा पनि राम्रो अध्ययन गर्नु का साथै सबै बिधामा त्यत्तिकै कलम चलाउछन :-
ब्रम्ह तत्व ” म ” लाई चिनौं आफै सार्बभौम र सफल छ , जिन्दगी । – किरण गिरी ।

हरेक स्वास , प्रस्वासमा ब्रम्ह तत्व ” म ” लाई चिनौं ।
म भित्र को ” म ” लाई खोजौं ।
आफै सफल छ जिन्दगी ।
म भित्र कै संसार रोजौं ।
आफै सार्थक छ जिन्दगी ।
जति सुख खोजौ , आफैमा खोजौ ।
आफू संग जे छ त्यसैमा रमाऔ ।
मस्ती भरे जिन्दगीमा ,
जीवन जिउने कला आफै भित्र छ ।

जिबनलाई स्वर्ग बनाउने कि ? नर्क बनाउने ?
त्यो पनि आफैमा निर्भर छ ।
धन सम्पत्ति भन्दा ठूलो खुसी ,
आनन्द र सन्तुष्टिमा छ ।
” म ” भित्र नै छ त्यो आनन्द र सन्तुष्टी ।
आफू संग जे छ त्यसैमा रमाऔं ।
” म ” भित्र कै श्वास , प्रस्वासको खेल हो
जिन्दगी कहिले र कहाँनेर सकिन्छ ?
कस्ले जानेको छ र ?

हामी जिउदै जिउदो छौ आभास गरौं ।
ब्रम्ह तत्वा ” म ” लाई बुझौं ,
आफै सार्बभौम र सफल छ जिन्दगी ।
प्रत्येक पल पल उल्लासमय बनाऔं ।
प्रत्येक सेकेन्ड सेकेन्डमा रमौं र रमाऔं ।
जीवन जिउने कला आफैमा खोजौ ।
नि:शुल्क प्राप्त हुने खुसी र आनन्द ,
आफैभित्र रोजौं ।
सुख र आनन्द बाहिर होइन ,
अन्तर आत्मामा ” म ” मा नै खोजौं ।

एक पटक प्राप्त जिन्दगीमा ,
खुलेर हासौं खुलेर बाचौं ।
यहि नै हो सफल जिन्दगी ।
यही हो सार्थक जिन्दगी ।
आफू भित्रको ” म ” लाई खुसी राखे ,
संसार जित्ने छ , जिन्दगी ।

म भित्र को ” म ” लाई बुझ्दा ,
बुध्द बन्यो जिन्दगी ।
म भित्र कै ” म ” लाई जान्दा ,
राम बन्यो जिन्दगी ।
म भित्र को ” म ” लाई चिन्दा ,
भगवान बन्छ जिन्दगी ।

सदा सकारात्मक ” म” अनी
रचनात्मक बनाउदै ” म ” लाई ।
आफै सार्बभौम “म ” ब्रम्ह हो जिन्दगी ।
यही ” म ” नै ब्रम्ह , पुर्ण ब्रम्ह हुदै
परम ब्रम्ह हो जिन्दगी ।
सकभर सादा र साकाहारी जिबनशैली अबलम्बन गर्ने कांग्रेस केन्द्रीय नेता एबं प्रखर बक्ता किरण गिरी संघीय लोकतान्त्रिक गणतन्त्र प्रति दृढ र प्रतिबद्ध छ्न । एकदिन यो देशको सांसद र मन्त्री बन्ने लक्ष र उध्येश्य बोकेर अगाडि बढेको कुरा प्रष्ट बताउछ्न ।