२०८१ आश्विन १२ , शनिवार

‘लाईब्रेरी क्याफे’ समुद्‍घाटन कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । जिल्ला प्रहरी कार्यालय, कास्कीको हाता भित्र निर्माण गरिएको पुस्तकालय सहितको लाईब्रेरी क्याफे भवनको एक कार्यक्रमका बीच समुद्‍घाटन गरिएको छ ।

 

गण्डकी विश्व विद्यालयका डीन डा.कपिन अधिकारी, पि.एन. क्याम्पस नेपाली विभाग प्रमुख प्रा. डा. कुशुमाकर न्यौपाने पि.एन. क्याम्पसका क्याम्पस प्रमुख डा.सरोज कोइराला, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त प्रमुख प्र.व.उ. कृष्ण हरी शर्मा, जिल्ला सुरक्षा समिति कास्कीका पदाधिकारी, मानव अधिकार कर्मी, पत्रकार लगायतको उपस्थितिमा लाईब्रेरी क्याफे भवनको उद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ ।