२०८१ आश्विन ६ , आइतवार

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ चितवन-

आफ्नै आमा माडी नगरपालिका-६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङ्लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

आफ्नै मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहार गर्दा उनकै आमाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।