२०८१ आश्विन १२ , शनिवार

डुबेर तीन जना बालबालिको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

सिरहा – सुखिपुर नगरपालिका-५ हनुमाननगर टोल बस्ने बिनोद पासवानको छोरा ३ वर्षीय नारद कुमार पासवानको डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । घर छेउमा रहेको पोखरीको डिलमा खेल्ने क्रममा खसेर डुब्दा उनको मृत्यु भएको हो ।

 

कैलाली – लम्की चुहा नगरपालिका-८ मलभङ्गा बस्ने लाल बहादुर बिष्टकी छोरी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँ बस्ने भिम बहादुर कुवँरकी छोरी ६ वर्षीया भावना कुवरको सोमबार साँझ डुबेर मृत्यु भएको छ ।

 

सोही ठाउँस्थित बडिमालिका इँटाभट्टाको पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा खसेर डुबेको अवस्थामा उद्दार गरी उपचारको लागि खापर हेल्थ क्लिनिकमा लगेकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।