२०८१ मंसिर १५ , शनिवार

मेरो दिलमा तिमि छौ

गोबिन्द राज ओझा (राजन)

मेरो दिलमा तिमि छौ छोडि जानु कसरि
एक शब्द त बोल ए मेरि दिलकि रानि

 

यो मेरो मनले हो तिमिलाई रोजेको
ठाउँ पनि यहि हो हामिले भेटने गरेको

 

म सक्दिन आज मेरि मायालुलाई छोडि हिडन
म सक्तिन आज एक्लो भएर बस्न

 

मेरा यि नयनले हेर्दा दृष्य उहि छ
जहाँ गए पनि मेरो गाउँ त्यहि छ

 

सक्दिन आज मैले तिम्रो चित दुखाउन
सक्दिन आज मैले तिमिलाई रोक्न

 

नाम :- गोबिन्द राज ओझा (राजन)
ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी