सुनाखरी न्युज/ काठमाडौं –
बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यसअघि अभियानको रुपमा रहेको नेकपा राष्ट्रिय एकता अभियानलाई पार्टीमा रुपान्तरण गरिएको घोषणा गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतम पार्टीको संयोजक बसेका छन् भने गौतमले आफ्नो पार्टीको केन्द्रीय कमिटीमा ७५ सदस्यीय रहेको पत्रकार सम्मेलनमा जनकारी दिए ।
पार्टीको संयोजकमा बामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । पार्टीले संयोजक र सचिव बाहेक सबैजना सदस्यको रुपमा रहने जनाएको छ ।
यस्तै दैनिक कार्यसम्पादनका लागि आवश्यक संख्यामा एक सचिवालय रहने छ भने अन्य पार्टीहरूसँग एकता सम्वादका लागि पार्टी संयोजक गौतमको संयोजकत्वमा सचिवालयका सदस्यहरु सम्मिलित वार्ता टोली छिट्टै निर्माण गरिने जानकारी दिइएको छ ।