२०८१ आश्विन १२ , शनिवार

जग्गा बाँझो राख्ने प्रबृत्तिप्रति मन्त्री बुढाद्वारा चिन्ता व्यक्त

सुनाखरी न्युज/ पोखरा । गण्डकी प्रदेशका भुमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले प्रदेश सरकार कृषिमार्फत जनतालाई सम्बृद्ध बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

 

कृषिको बिबिधिकरणमा गण्डकी प्रदेश एक नम्बर रहेको बताउँदै बुढाले मन्त्रालय कृषि उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउन लागि परेको बताउनुभो । पोखराको हेम्जा स्थित मानव सेवा आश्रममा आयोजित कृषि सामग्री वितरण कार्यक्रममा उहााले सो बताउनुभएको हो । सो अवसरमा उहाँले सरकार कृषिमा आत्मनिर्भर बनाउन लागि परेको भएता पनि जग्गा बाँझो राख्ने प्रबृत्ति बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । मानिसहरु सुखको खोजीमा लाग्ने प्रबृत्तिमा लागेको भन्दै उहाँले जग्गा बाँझो राखेर विदेशबाट आयात गरेर सम्बृद्धि नआउने तर्क गर्नुभयो ।

 

भूमी व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशको समन्वयमा कृषि ज्ञान केन्द्र, कास्कीबाट मानव सेवा आश्रमलाई कृषि सामग्री वितरण गरिएको हो । सो अवसरमा मन्त्री बुढाले ३ थान टनेल जाली, फलफूलका बिरूवा र तरकारीको बिउबिजन लगायतका सामाग्री आश्रमलाई हस्तान्तरण गर्नुभएको थियो ।