२०८१ आश्विन १२ , शनिवार

घर भत्किँदा बहिनीको मृत्यु, दाजु घाइते

सुनाखरी न्युज/ स्याङ्जा –

स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार (घर) भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।

 

 

वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो।गम्भीर घाइते उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।

 

 

सोही धन्सारमा सुतेका उनका दाजु १६ वर्षीय लक्ष्मण भट्टराई घाइते छन्। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।रासस