२०८१ आश्विन १२ , शनिवार

देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

सुनाखरी न्युज/ काठमाडौं –

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

 

आइतबार देशभर सामान्यतया बदली रहनेछ ।  देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

यता सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।