२०८१ आश्विन १२ , शनिवार

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

काठमाडौं – महानगरपालिका-१० युएनपुल नजिकै सडकमा बाग्मती प्रदेश ०२ ०२६ प ०६२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ललितपुर महानगरपालिका-१० बस्ने ७३ वर्षीय मधुर मान मास्केको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुर – ललितपुर महानगरपालिका-१५ थसिखेल चोकमा बागमती प्रदेश ०२-०३४ प ०७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक महालक्ष्मी नगरपालिका-१० लामाटार बस्ने ४४ वर्षीय चन्द्र बहादुर स्याङतानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सातदोबाटो गणेशमान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुनसरी – इटहरी उपमहानगरपालिका-१२ चौकी मोडमा बागमती प्रदेश-०२-०३१ प ०६११ नम्बरको मोटरसाइकलले साइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा साइकलयात्री भारत बिहार घर भएका ५० वर्षीय लालु प्रसाद विश्वासको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काठमाडौं नागार्जुन नगरपालिका-८ बस्ने २५ वर्षीय सुभाष तामाङ समेत २ जनाको खनारस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

बाँके – कोहलपुर नगरपालिका-११ बसपार्कस्थित सडकमा प्रदेश १-०२००१ ख ९२२९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री बर्दिया ठाकुरबाबा नगरपालिका-१ भुरीगाँउ बस्ने तारा देबी बोहराकी छोरी १२ वर्षीया सिमा बोहराको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

सर्लाही –रामनगर गाउँपालिका-७ बैरियास्थित सडकमा बीआर ३० एस ८५६७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने सुरेन्द्र साहको छोरा १० वर्षीय निखिल साहको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको न्युरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।