२०८१ आश्विन १२ , शनिवार

वर्षाको कारण पर्खाल भत्किँदा एक जनाको मृत्यु

सुनाखरी न्युज/ डोल्पा-

शे-फोक्सुण्डो गाउँपालिका-३ बस्ने टसि तुण्डुप गुरूङको घरको कोठाको पर्खाल वर्षातको कारण भत्किँदा घरमा मजदुरी काम गरी बस्ने जाजरकोट नलगाड नगरपालिका-७ घर भएका ३१ वर्षीय भरत बिकको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

 

पर्खाल भत्किएर भरतको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साल्दाङबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।