२०८१ आश्विन १२ , शनिवार

कोरोना अपडेट : एकै दिन हवात्तै बढ्यो कोरोना भाइरस, ९० जनामा संक्रमण पुष्टि

सुनाखरी न्युज/ काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९ सय ४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १ सय ६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना  संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ सय १ पुगेको छ भने जसमध्‍ये ३ सय ९९ जना होम आइसोलेसनमा रहेका छन् त्यस्तै २ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् । पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् ।

 

यस्तै मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ४ सय ४४ पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्‍यु हुनेको जम्मा संख्या ११ हजार ९ सय ५२ पुगेको छ भने ९ लाख ६७ हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।