२०८१ मंसिर ८ , शनिवार

विश्वको पहिलो घटना : पुरुष र महिला क्रिकेट खेलाडीलाई समान तलब

सुनाखरी न्युज/ काठमाडौं –

न्युजिल्याण्ड क्रिकेट बोर्डले एउटा ऐतिहासिक निर्णय गरेको छ । अब न्युजिल्याण्डमा पुरुष र महिला क्रिकेट खेलाडीलाई अब समान तलब दिइनेछ । यो निर्णय न्युजिल्याण्डका लागि अन्तरराष्ट्रिय स्तरमा क्रिकेट खेल्ने खेलाडीका साथै घरेलु स्तरमा हुने खेलमा पनि लागू हुनेछ ।

 

न्युजिल्याण्ड क्रिकेट बोर्ड र खेलाडीको असोसिएशनबीच पाँच वर्षका लागि सम्झौता भएको छ । यो ऐतिहासिक निर्णयपछि न्युजिल्याण्डका लागि व्यावसायिक स्तरमा क्रिकेट खेल्ने पुरुष र महिला क्रिकेटरलाई अब सबै खेलका लागि समान तलब दिइनेछ । अर्थात्, एक दिवसीय क्रिकेटका लागि महिला र पुरुष क्रिकेटरलाई बराबरको तलब दिइनेछ र यस्तै तलबमान टेस्ट क्रिकेट र टी–२० मा पनि लागू गरिनेछ ।

 

न्युजिल्याण्ड क्रिकेट बोर्डले महिला खेलाडीको संख्या बढाइने निर्णय गरेको छ । न्युजिल्याण्ड क्रिकेट बोर्डका मुख्य कार्यकारी डेभिड ह्वाइटले भने, ‘यो महत्वपूर्ण सम्झौतासम्म पुग्नका लागि म खेलाडी र प्रमुख संगठनलाई बधाई दिन्छु र उनीहरुलाई धन्यवाद दिन चाहन्छु ।’

 

बोर्डले आफ्नो बयानमा भनेको छ – यो सम्झौतापछि नेशनल क्रिकेट टिमका खेलाडीलाई १,४२,३४६ न्युजिल्याण्ड डलरभन्दा अधिकतम १६३,२४६ न्युजिल्याण्ड डलरसम्मको सम्झौता दिइनेछ जबकी घरेलु क्रिकेटका खेलाडीलाई १८,१४६ न्युजिल्याण्ड डलरभन्दा अधिकतम १९,१४६ न्युजिल्याण्ड डलरसम्मको अनुबन्ध दिइनेछ ।एजेन्सी