२०८१ आश्विन १२ , शनिवार

रेडक्रस र लायन्स क्लबद्वारा आँखा शिविर सम्पन्न

सुनाखरी न्युज/ पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखा र लायन्स क्लब अफ पोखरा भैरवको संयुक्त आयोजना आयोजित जेष्ठ नागरिक लक्षित निशुल्क आखा शिविरमा हिमालय आखा अस्पताल घारिपाटन पोखराको सहयोगमा राम बजार जेष्ठ नागरिक मिलन केन्द्रमा आबद्ध रहेका जेष्ठ नागरिक लक्षित मोतिबिन्दुको निशुल्क अप्रेशनका साथ संचालित आखा शिविर एक कार्यक्रमको आयोजन गरि रामबजार जेष्ठ नागरिक मिलन केन्द्र रामबजारको सभाकक्षमा सम्पन्न भएको छ ।

निशुल्क मोतिबिन्दु अप्रेशन तथा आखा शिविर कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष राजेश गुरूङ्ग को प्रमुख अतित्थ्यतामा शुभारम्भ गरिएको उक्त आखा शिविरको जेष्ठ नागरिक ८७ बर्षिया यो बहादुर गुरुङ्ग लाई शिविरको प्रिपेशनकार्ड हस्तान्तर गरि कार्यक्रमको उद्धाटन गर्नु हुदै रेडक्रस र लायन्स क्लब जस्तो पवित्र सस्थाले जेष्ठ नागरिक लक्षित आखा शिविर राखी मानब सरिरको अति आवश्यक अग आखा को बचाउ आखा सम्बन्धि केहि समस्याभए त्यसको समाधान र निशुल्क अप्रेशन जस्ता शिविर संचालन गरि बाबा आमाहरूको सेवाका काममा लागी पर्ने भएकोमा हार्दिक धन्यबाद दिनु हुदै आउदा दिनमा मानबिय सेवाका राम्रा कार्यहरू वडा आफैले गर्ने जानकारि गराउनु हुदै वडामा हुने स्वास्थ्य समस्यालाई समाधान गर्ने लक्ष्य राखिएको बताउनु भयो ।

उक्त निशुल्क मतियार विन्दु अप्रेशन आखा शिविर मा रामबजार जेष्ठ नागरिक मिलन केन्द्र का बयोबृद्धाहरू र अन्य गरि २ सय १५ जनाको आखा परिक्षण गरिएकोमा ६ जनामा मोतिया बिन्दी भै अप्रेशन गर्नुपर्ने भई हिमालय आखा अस्पताल मा रिफर गरिएको उक्त शिविरमा आखा सम्बन्धि औषधि र चस्मा निशुल्क बितरण गरिएको उपशाखा १० का सभापति सम्मर बहादुर श्रेष्ठले बताउनु भयो ।

उक्त आँखा शिविरको अबसरमा नेपाल रेडक्रस सोसाइटी पोखरा १० द्वारा रूपक गुरुङ्ग लाई बिशिष्ठ सदस्यको प्रमाण पत्र र बिन प्रसाद गुरुङ्ग लगायतका ४ जनालाई आजिबन सदस्यको प्रमाण पत्र बितरण गरिएको शिविरमा २ सय १५ जना लाई निशुल्क औषधी चस्मा बितरणका साथ ६ जना जेष्ठ नागरिक को आखा अप्रेशन गर्न सिफारिस गरि सम्पन्न गरिएको आखा शिविरमा हिमालय आखा अस्पताल घारिपाटनका नेत्र सहायक डा. धर्मभन्दा घोडासैनी, नेत्र सहायक प्रतीक्षा बास्तोला, नेत्र सहायक आषिश शाहिन, नेत्र सहायक अञ्जली भुसाल, र नेत्र सहायक अरुण रोकाय लगायतका प्रबिधिकले आखाको प्रशिक्षण गर्नु भएको उक्त शिविरमा लायन्स क्लब अफ पोखरा भैरव का सस्थापक अध्यक्ष एवं लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ ’ के “ नेपालका असिस्टिएन चिफ एडभाइजर ला. सुरेन्द्र मान बिजुक्छे, राम बजार जेष्ठ नागरिक मिलन केन्द्रका कार्यबाहक अध्यक्ष माया गुरुङ्ग भुजेल, हिमालय आखा अस्पताल घारिपाटनका नेत्र सहायक डा. धर्मेन्द्र घोडासैनी लगायतकाले आ आफ्नो बिचार राखेपको उक आखा शिविर मा फेवा बचत तथा ऋण सहकारी संस्था लि. जिरो किमि र नरहरि मेडिकल सर्भिस राम बजारको बिषेश सहयोग रहेको थियो ।

उक्त आँखा शिविरमा नेपाल रेडक्रस सोसाइटी पोखरा–१० उपशाखा, लायन्स क्लब अफ पोखरा भैरव र जेष्ठ नागरिक मिलन केन्द्रका स्वयम सेबक हरूले सहयोग गरि सम्पन्न शिविर मा लायन्स क्लब अफ पोखरा भैरव का प्रथम उपाध्यक्ष ला. कृष्ण सुबेदीले स्वागत, नेपाल रेडक्रस सोसाइटी पोखरा १० का उप सभापति जीवन श्रेष्ठले रेडक्रसका सात सिद्धान्त बाचन गरर्नु भएको उक्त शिविर मा लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ “के” का डिपार्मेन्ट चिफ एवं ब्लड डोनेसन गण्डकी प्रदेश का चिफ ला. श्रीकृष्ण कतिला ले सहयोगी सम्पुर्ण लाई धन्यवाद दिनु भएको शिविर मा नेपाल रेडक्रस सोसाइटी पोखरा – १० का सभापति सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा मोतिया बिन्दी अप्रेशन आखा शिविर सम्पन्न कार्यक्रममा उपशाखा १० का सचिव सुर्य बहादुर बानियाले संचालन गर्नुभएको थियो ।