२०८१ आश्विन १२ , शनिवार

पानीको ड्रममा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

सुनाखरी न्युज/ सर्लाही-

सर्लाहीको हरिवनमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

 

पानीको ड्रममा डुबेर मंगलबार बेलुकी दुई वर्षीया बालिकाको मृत्यु भएको हो। हरिवन नगरपालिका–२ की अनुषा महतोको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर बेहोस भएकी बालिकाको मृत्यु भएको हो। उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको उनले बताए। रासस