२०८१ आश्विन १२ , शनिवार

चट्याङ लागेर ७ वर्षीय बालकको मृत्यु

सुनाखरी न्युज/ सोलुखुम्बु –

थुलुङदुधकोशी गाउँपालिका-९ साउरे बस्ने पाकमाया तामाङको छोरा ७ वर्षीय सुजन तामाङको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ ।

 

आफ्नी आमासँग मामाघर जानेक्रममा वर्षाको कारण ओत लागि बसेको ठाउँमा परेको चट्याङमा सुजनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र प्रहरी चौकी सुकेपोखरीबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।