२०८१ आश्विन १२ , शनिवार

२६ गते आइतवार देशैभर सार्वजनिक बिदा

सुनाखरी न्युज/ काठमाडौं – सरकारले आउँदो आइतवार देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

२६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

 

यो वर्षमा हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्ष पनि मुस्लिम आयोगको अनुरोधअनुसार बिदा दिइएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।