सुनाखरी न्युज/ काठमाडौं –
चौधरी ग्रुपका प्रबन्ध निर्देशकनिर्वाण चौधरीले बजेट निर्माण प्रकृयामा चौधरी ग्रुपको कुनै संलग्नता र सरोकार नरहेको बताउदै आक्षेप लगाउनेहरूलाई पुष्टि गर्न चुनौतीदिएका छन् ।
बजेटका सन्दर्भमा आफ्नो ग्रुपलाई जोडेर सामाजिक सञ्जाल र केही संचार माध्यममाआएका कुराहरूप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउदै चौधरीले बजेट निर्माण प्रक्रियामा आफ्नो ग्रुपकोकुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पारेका छन् । सामाजिक संजाल र विभिन्न संचारमाध्यममा बजेट निर्माण प्रक्रियामा चौधरी ग्रुपको संलग्नता रहेको भन्दै चर्चा गरिएकोमा उक्त ग्रुपकोतर्फबाट प्रबन्ध निर्देशक चौधरीको उक्त खण्डन सार्वजजिक भएको हो ।
उनले आरोप लगाउनेहरुलाई त्यसको पुष्टि गर्न चुनौतीदिदै भनेका छन्– ‘हाम्रो संलग्नताको बारेमाविनाआधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्तगर्दछौँ ।साथै, उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ ।’ चौधरी ग्रुप देशकै एक मात्रफोब्र्समा सुचिकृत डलर अर्वपतिकम्पनीहो ।
‘हामीउच्च स्तरको सुशासन र प्रतिष्ठा सहितको व्यवसायमाविश्वास गर्छौ’, चौधरी भन्छन्, ‘यदिहामीले पारदर्शीता नअपनाएको भएविश्वकै प्रतिष्ठित कम्पनीको रुपमा कसरीफोब्र्समा सुचिकृत हुन्थ्यौ होला रं?’ शुसासन र पारदर्शितामाविश्वास गर्ने कम्पनी भएकै कारण विश्वमा प्रतिष्ठितबन्न सकेको उल्लेख गर्दै चौधरीले भनेका छन्– नेपालमा सीजीमात्रै यस्तो कम्पनी हो जसले सरकारलाई कति कर तिर्छ भनेर प्रत्येक बर्ष विवरण सार्वजनिक गर्दै आएको छ । गत आर्थिक वर्षमा मात्रै सीजीले १४ अर्व कर तिरेको जानकारी पनि उनले दिएका छन् ।
चौधरी ग्रुपको व्यवसायिक सफलता प्रतिइश्र्या गर्नेहरुको सुनियोजित भ्रमबाट प्रभावित भएर नकारात्मक टिप्पणी गर्नुको साटो वास्तविकता के हो भन्ने बुझेर मात्रै टिप्पणी गर्न पनिउनले आग्रह गरेका छन् । ‘यहाँहरुलाई आवस्यक सूचना उपलब्ध गराउन हाम्रो टिम सधैव तयार छ । नियोजित रुपमा फैलाइएका भ्रमहरुको पछाडि नलागी वास्तविकता के हो भन्ने जानकारी लिनु हुन पनि म सबैमा आग्रह गर्दछु ।’
प्रबन्ध निर्देशक चौधरीले आफुहरुलाई जोडेर गरिएको गलत प्रचारको छानविन गरि सत्य तथ्य बाहिर ल्याउन पनि सम्वन्धित निकायहरुलाई आग्रह गरेका छन् । छानबिनबाट आफुहरुको संलग्नता कहिँ कतै पुष्टि भएमा कारवाही भोग्न तयार रहेको पनि उनले उल्लेख गरेका छन् । साथै आफ्नो संलग्नता पुष्टि नभएमा मिथ्या आरोप लगाउनेहरु पनि कारवाही भोग्नका लागि तयार रहनेछन् भन्ने अपेक्षा गरेको पनि उनले बताएका छन् ।