२०८१ मंसिर १० , सोमवार

वैदेशिक रोजगारीको प्रलोभन देखाई रकम ठगी गर्ने पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । पर्सा । वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका-१६ डेरा गरी बस्ने छिपहरमाई गाउँपालिका-३ घर भएका ३४ वर्षीय नवलकिशोर साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

कानुले फ्रि टिकट फ्रि भिसामा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा झुक्याइ मेडिकल गर्ने बहानामा विभिन्न व्यक्तिहरूबाट २५ हजारदेखि २ लाख रूपैयाँसम्म ठगी गरी अरू व्यक्तिको नागरिकताको प्रतिलिपिबाट आईएमई मार्फत झिकी रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

उनको साथबाट ३ लाख नेपाली रूपैयाँ, १ लाख ४८ हजार भारतीय रूपैयाँ, आईएमई मार्फत पैसा झिकेको आईएमई कन्ट्रोल आइडी नम्बर सहितका अन्य कागजातहरू प्रहरीले बरामद गरेको छ । उनीउपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।