२०८१ मंसिर ८ , शनिवार

दोहोरो अंकले घट्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पाचौं कारोबारको दिन आज बिहिबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से १६० अंकले घटेर दुई हजार २७ दशमलब ३२ विन्दुमा पुगेर बन्द भएको हो ।

 

बधबार नेप्से १३.३३ अंकले बढेर दुई हजार ४३ दशमलब ९२ विन्दुमा पुगेर बन्द भएको थियो । त्यस्तै, आज शेयर बजार घटेसँगै कारोबार रकम भने घटेको छ । आज नेप्सेमा १ अर्ब ८० करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा २ अर्ब १७ करोड ८६ लाख रुपैयाँ बराबरको भएको थियो ।

 

आज कारोबार भएका २९ कम्पनीको शेयरमूल्य बढेको छ भने १५७ कम्पनीको शेयरमूल्य घटेको छ । बजारमा आज को शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आरविवि म्युचुअल फण्ड १ को ३.९३ प्रतिशतले बढेर प्रतिकित्ता ८.४६ रुपैयाँ पुगेको छ भने माउन्टेड हाइड्रो शेयरमुल्य ३.२४ प्रतिशतले बढेर प्रतिकित्ता २८७ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार समिट लघुवित्त वित्तीय संस्था र लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेशनको भएको छ । यसको आज ७ करोड ६५ लाख भन्दा बढीको कारोबार भएको छ ।