सुनाखरी न्युज/ काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो।
१ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १ हजार ९३ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ९८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ सय ६४ पुगेको छ । जसमध्ये ५ सय ५५ जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना संस्थागत आइशोलेशन र ७ जना आईसीयूमा छन् ।
यस्तै एकजनाको भन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । त्यस्तै,पछिल्लो २४ घण्टामा २७ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ७ सय ३३ पुगेको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ११ हजार ९ सय ५२ पुगेको छ भने ९ लाख ६७ हजार ६ सय २५ जना संक्रमणमुक्त भएका छन् ।