२०८१ आश्विन १२ , शनिवार

घार्मी सहकारीको सेवा शुरू

शिशिर पौडेल/पोखरा । पोखरा १९ घार्मीलाई कार्यक्षेत्र वनाए घार्मि कृषि, वातावरण तथा पर्यटन सहकारी संस्था लिमिटेडले सेवा शुरू गरेको छ । घार्मीको कृषि , पर्यटन तथा विकासको संभावना लाई मध्यनजर गरि कृषि र पर्यटन क्षेत्र मार्फत समुदायको विकास गर्ने उद्यशले गठित सहकारीले शनिबार एक कार्यक्रममा विच सेवा शुभारम्भ गरेको छ

सेवाको शुभारम्भ गर्दै पोखरा १९का वडाध्यक्ष पुष्पेन्द् पाण्डेले लगानीको प्रसस्त संभावना वोकेको घार्मीलाई कृषि र पर्यटनका माध्यमवाट विकास गर्न सकिने वताउनुभयो । उहाँले सरकारी मार्फत यश क्षेत्रको विकास गर्न स्थानीय सरकारले पुर्ण सहयोग गर्ने समेत वताउनु भयो । वडा नं १९ का सचिव श्रीराम पौडेलले सहकारि मार्फत समुदायको विकास गर्न र समय सापेक्ष रूपमा जन जिविकाको सवालमा ध्यान दिन आग्ह गर्नुभयो । सहकारीका अध्यक्ष पोषराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य कल्पना सुनार, कृषि उद्धमी राम प्रसाद पौडेल,स्थानीय रामचन्द्र पौडेल पत्रकार शिशिर पौडेल उपध्यक्ष प्रदिपराज पौडेल,सदस्य लक्ष्मी पौडेल, लगायतले सहकारीले मुख्य रूपमा कृषि र पर्यटन क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए ।

घार्मीमा प्रधान कार्यलय रहेको सहकारीले आजको आवस्यकता कृषिमा व्यवसायीकता भन्ने नारालाई आत्मसाथ गरेको छ । शुभारम्भका दिन २५ जनाले शेयर सदस्यता लिएका सदस्य दिपक पौडेलले जानकारी दिए। कार्यक्रममा वडाध्यक्ष पाण्डेले शेयर सदस्य रामचन्द्र पौडेललाई शेयर सदस्यता प्रमाणपत्र, र मुद्धति खाता खोल्ने दिया पौडेलका वुवा दामोदर पौडेललाई प्रमाणपत्र वितरण गर्नुभयो ।

सहकारीले स्थानीय सरकारसग समन्वय गरि कृषक उपयोगी कार्यक्रम संचालन गर्ने ,उत्कृष्ट कृषकका अनुभव आदान प्रदान गर्ने ,वचत संकलन मार्फत कृषि र प्रयटन क्षेत्रमा लगानी गर्ने लगायतका योजना रहेको सचिव विकास पौडेलले वताउनुभयो । पर्यटकीय राजधानी पोखरासँगै जोडिएर पनि पछाडि परेको घार्मीमा सहकारी स्थापना सग‌‌ै कृषि र पर्यटन क्षेत्रको विकासमा फड्को मार्ने अपेक्षा स्थानीयले गरेका छन् ।