२०८१ आश्विन १३ , आइतवार

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

गोरखा – गोरखा नगरपालिका-५ पश्चिमकालीमा बा.६५ प ५०५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-५ पश्लाङ बस्ने २७ वर्षीय प्रदिप थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।

 

सुनसरी – रामधुनी नगरपालिका-२ तित्रीबनस्थित सडकमा प्र.१ ०२-०४२ प ३७१३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ बस्ने ६० वर्षीया रूकमी सरदारको मंगलबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली – गौरीगंगा नगरपालिका-९ शंकरपुरस्थित सडकमा सु.प.प्र-०१-००९ प ७८९१ नम्बरको मोटरसाइकल र से.७ प ११४७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा से.७ प ११४७ नम्बरको मोटरसाइकल चालक कैलारी गाउँपालिका-८ बस्ने २२ वर्षीय राम अवतार कठरियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

साथै दुर्घटनामा घाइते भएकामध्ये १ जनाको घोडाघोडी अस्पताल सुख्खड, १ जनाको मेडिकल कलेज कोहलपुर र १ जनाको कैलाली अस्पताल धनगढीमा उपचार भईरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।