२०८१ आश्विन १३ , आइतवार

एमाले उपाध्यक्ष विष्णु पौडेलले भने यमबुद्धको सालिक बनाउने महानगरको निर्णय स्वागतयोग्य

सुनाखरी न्युज / काठमाडौं – यमबुद्धको सालिक बनाउने काठमाडौं महानगरपालिका निर्णयलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्वागतयोग्य भएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा महानगरपालिकाले यम बुद्धको सालिक निर्माणका लागि बजेट छुट्याएको भन्दै बहस भइरहँदा एमाले उपाध्यक्ष पौडेलले निर्णयको स्वागत गरेका हुन् ।

पौडेलले बिहीबार ट्वीटरमा लेखेका छन्, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा सालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।

र्‍यापरसमेत रहेका महानगरपालिकाका मेयर बालेन साहले यमबुद्धको सालिक बनाउने आफ्नो निर्णयको बिरोध भएपछि त्यसका लागि आवश्यक रकम महानगरकातर्फबाट नभइ आफ्नो तलबबाट खर्च गर्ने उल्लेख गरेका छन् ।