२०८१ आश्विन १३ , आइतवार

ओलीको निवासमा पुगेका मेयरलाई तबला उपहारमा, र्‍याप गीतको बोलमा गरे यस्तो टिप्पणी

सुनाखरी न्युज / काठमाडौं – अध्यक्ष ओलीको आमन्त्रणमा मेयर बालेन उनलाई भेट्न हिजो निजि निवास पुगेका थिए । केपी शर्मा ओली र मेयर बालेन साहबीच भेटवार्ता भएको छ । भेटमा ओलीले युवाहरु राजनीतिमा अगाडि आउनु धेरै राम्रो हो भन्दै बालेनको प्रशंसा गरे ।

उनले बालेनलाई भने,‘मैले तपाईंको गीतहरु सुनेको छु । राम्रो लाग्यो । तर तपाईले सबै नेताहरु चोर हुन्छन भन्नुभएको छ । केही नेताहरु हुन्छन , तर सबै नेताहरु हुदैनन । गीतमा बोल्दा सँधै सत्य बोल्नुपर्छ ।’

बालेनले ओलीको घरमा तबला देखेपछि तपाई बजाउनुहुन्छ ? भनेर सोधेका थिए । ओलीले सकारात्मक जवाफ दिए । बालेनले ‘मेरो पनि घरमा थियो, तर बिग्रेको छ’ भनेपछि ओलीले ‘यही लैजानुस भनेर तबला उपहार दिए । ओली र बालेनको यो दोस्रो भेटघाट हो ।