सुनाखरी न्युज/ काठमाडौं –
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहिबार दोहोरो अंकले बढेको छ । नेप्सेमा आज १४.७१ अंकले बढेर दुई हजार १ दशमलब ५३ विन्दुमा बन्द भएको हो । बुधबार ५९.५४ अंकले बढेर एक हजार ९ सय ८६ दशमलब ८२ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । नेप्सेमा आज दुई अर्ब ४१ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार दुई अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ११६ कम्पनीको शेयरमूल्य बढेका छन् भने ५५ वटा कम्पनीको शेयरमूल्य घटेका छन् । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
आज एनआइबीएल प्रगती फण्डको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।नेप्सेका अनुसार आज प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया बैंकको भएको छ । यसको आज ३० करोड १८ लाख भन्दा बढीको कारोबार भएको छ ।