२०८१ कार्तिक १७ , शनिवार

भारतको मध्य प्रदेशमा सडक दुर्घटना, यात्रीले भरिएको बस नदीमा खस्यो

सुनाखरी न्युज /काठमाडौं –

भारतको मध्य प्रदशेको धार जिल्लाको खलघाट सञ्जय सेतु नजिकै यात्रीले भरिएको महाराष्ट्र राज्य यातायातको एउटा बस नदीमा खसेको छ ।

 

यो दुर्घटनामा हालसम्म १२ जनाको मृत्यु पुष्टि भइसकेको छ र १५ जनालाई सुरक्षित निकालिएको छ । मिडियामा आइरहेको जानकारी अनुसार यो बस इन्दौरबाट पुणे जाँदै थियो । बस खलघाट सञ्जय सेतु पुल नजिकै पुगेपछि सन्तुलन बिग्रिएका कारण नदीमा खसेको बताइएको छ ।

 

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले घटनामाथि दुःख व्यक्त गर्दै ट्वीट गरेका छन् । खरगोन के खलघाट में बस के खाई में गिरने से हुई दुर्घटना का दुखद समाचार प्राप्त हुआ।

ईश्वर से दिवंगत आत्माओं को अपने श्रीचरणों में स्थान और परिजनों को यह गहन दु:ख सहन करने की शक्ति देने तथा घायलों के शीघ्र स्वस्थ होने की प्रार्थना करता हूं। एजेन्सी