२०८१ मंसिर १० , सोमवार

चोरीका गहना र नगद सहित १ जना पक्राउ

सुनाखरी न्युज/ मोरङ । मोरङको बिराटनगर महानगरपालिका-१३ का १८ बर्षीय बिबेक कामतलाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

 

बिराटनगर-८ मधुमाराका राजेश साहको घर कोठाबाट असार २९ गते राती सुनका बिभिन्न गर-गहना र नगद ४६ हजार समेत चोरी भएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कामतलाई चोरीका समान र नगद सहित पक्राउ गरेको हो ।

 

पक्राउ परेका कामतको सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भई रहेको छ ।