सुनाखरी न्युज/ काठमाडौं । टाटा मोटर्स्को नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले नयाँ टाटा विङ्गर ‘बीएस६’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
“प्रिमियम टफ” ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त छ । कम्पनीका अनुसार विङ्गर ‘बीएस६’ नयाँ युगका त्यस्ता सू–सुचित ग्राहकहरु तर्फ लक्षित छ । जो आकर्षक र आरामदायी गाडी मार्फत आफ्नो व्यापार/व्यवसायको उन्नति गर्ने विश्वास रहेको छ । २.२ लिटरको डाइकोर इन्जिन जडित विङ्गर ‘बीएस६’ को टर्क अत्यन्त प्रभावकारी छ ।
त्यसैगरि इको स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ । हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिस जस्ता विशेषता भएको यो गाडीले सुखद र आरामदायी यात्राको प्रत्याभूति गर्दछ । टाटा मोटर्सको कमर्सिएल भेहिकल बिजनेस युनिट अन्तर्गतको इन्टरनेसनल बिजनेस एण्ड स्ट्र्याटिजीका उपाध्यक्ष अनुराग मेह्रोताले टाटाका विविध एवं बलिया कमर्शिएल रेञ्जका गाडीहरुलाई नेपाली ग्राहकहरुले लामो समयदेखि उत्साहका साथ रोजिरहेको बताए ।
उनले कम भन्दा कम खर्चमा आफ्नो व्यापार÷व्यवसाय अभिवृद्धि गर्न चाहनेहरुको लागि अत्यन्त उपयोगी रहेको जनाए । ‘सिप्रदी ट्रेडिङ्गले दशकौ देखि उल्लेखनीय प्रतिबद्धताका साथ टाटाका गाडीहरुको बिक्री वितरण र सम्बन्धित सेवाहरु प्रदान गरिरहेको छ र टाटा विङ्गरले यस्तै प्रतिबद्धताका साथ नेपाली बजारमा बजारीकरण गर्नेमा हामी पूर्णतः विश्वस्त छौं’, उनले भने ।