२०८१ आश्विन ६ , आइतवार

यो धर्ति उनीहरुको पनि हो

सुनाखरी न्युज/ काठमाडौं । यो धर्ति मान्छेकोमात्र होईन, सबै प्राणीहरुको साझा बासस्थान हो । संसार २१ औं शताब्दिको सोचमा मग्न भैरहँदा हामी उही १६ औं शताब्दिको पुरातन सोचमा रुमलिएका छौं ।

काठमाडौं महानगरपालिका जस्तो गरिमामय संस्थाका एकजना वडा अध्यक्षले कुकुर मार्ने जुन अभिब्यक्ति सार्वजनिक रुपमा दिनुभयो त्यसले उहाँको सोच र हैशियतलाई छताछुल्ल मात्र बनाईदिएको छैन अन्तर्राष्ट्रिय जगतमा हाम्रो शिर निहुरिएको छ । सडकमा भौंतारिएका ती अबोध प्राणीको के दोष रु मान्छेहरुको भीडले आक्रान्त यो धर्तिलाई उनै मान्छेहरुले दिनानुदिन बिकृत बनाईरहँदा ती अबोध प्राणीहरु भोक भोकै भौंतारिनु परेको अनि अनेक रोगब्याधले थलिएर सडक किनारमा जिबन त्याग्नु परेको पिडालाई अनुभूत गर्न नसक्ने प्राणी मान्छे हुनै सक्दैन । आफू एकक्षण भोकै बस्नुपर्दाको पिडा कस्तो हुन्छ रु आफूलाई चोट लाग्दाको पीडा कस्तो हुन्छ रु चिसो रातमा खुल्ला आकाश मुनी बस्नुको पीडा होस या पानीमा रुझदै कसैले आश्रय देला की भनेर ढोका बाहिर ढुक्नुको पिडा कस्तो हुन्छ ?

 

अनगिन्ति पिडालाई सहन गर्दै धेरै अर्थमा मान्छेको सहयात्री र रक्षकका रुपमा आफनो ख्याती आर्जन गरेका अबोध कुकुरहरुको उचित ब्यवस्थापन र उनीहरुको सम्मानजनक जिबन यापनको बदलामा उनीहरुलाई मार्ने सोच पाखण्डपनको पराकाष्टा हो । यतिमात्र होईन बिगतमा कुकुर मारेको तथ्यलाई गौरवका रुपमा प्रस्तुत गर्ने काठमाडौं महानगर जस्तो गरिमामय सस्थाका एकजना वडा अध्यक्षको असंसदीय अभिब्यक्ति प्रति असहाय गाईबाछा संरक्षण अभियानका तर्फबाट खेद ब्यक्त गर्दै यस्ता ब्यक्ति जनप्रतिनीधिका रुपमा रहिरहनु राष्ट्रकै लागि लज्जाको बिषय हो भन्ने अभियानको निष्कर्ष छ । घृणात्मक अभिब्यक्ति र हत्या र हिंसा जस्ता कृयाकलापको वकालत आफैंमा अपराधकर्म हो र यस्ता अभिब्यक्ति दण्डनीय हुन्छन । अत : सामाजिक बिचलन ल्याउने खालका यस्ता अभिब्यक्ति दिने वडा अध्यक्षमाथी कारवाहीका लागि जोडदार आह्वान गर्दछौं ।

सडकमा कुकुरमात्र होईन असहाय गाईबाछाहरु समेत अत्यन्तै दर्दनाक अवस्थामा बाँच्नु परेको अवस्थालाई मध्यनजर राख्दै उनीहरुको उचित स्याहार र आहारको ब्यवस्थाका लागि असहाय गाईबाछा संरक्षण अभियानका तर्फबाट समस्त स्थानीय, प्रान्तिय र संघिय सरकारसंग आग्रह गर्दछौं ।