२०८१ आश्विन ६ , आइतवार

माध्यामिक तहको अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं ।

शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । असार १८ गते सञ्चालन गरेको लिखित परीक्षामा सहभागी उम्मेदवारहरूको नतिजा प्रदेशगत सार्वजनिक गरेको छ ।

सहभागीमध्ये २३ हजार जनाले अध्यापन पत्र पाउन सफल भएका छन् । आयोगको अनुसार ४३९ परीक्षार्थीले सेट अथवा की लेख्न नजानेकाले परीक्षा रद्द गरिएको जनाएको छ ।

अध्यापन अनुमति पत्र परीक्षामा समावेश भएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइबाट वितरण हुने आयोगले जनाएको छ । त्यसका लागि आयोगले केही दिनमा सूचना जारी गर्ने जनाएको छ ।