२०८१ आश्विन १३ , आइतवार

प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्यबाट १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको निरीक्षण

सुनाखरी न्युज/काठमाडौं । बिराटनगर। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौबाट निरीक्षण भ्रमणको क्रममा आउनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्यले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षणको क्रममा वहाँले प्रदेश प्रहरी तालिम केन्द्रको प्रहरी ब्यारेक, मेष, पुस्तकालय, आन्तरीक एवंम बाह्य प्रशिक्षण कक्ष, साथै प्रशिक्षार्थीहरुको व्यक्तिगत टर्नआउट समेतको निरीक्षण गर्नु भएको थियो । निरीक्षण कार्यक्रम पश्चात आचार्यले तालिम केन्द्रमा कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारी साथै सम्पूर्ण प्रशिक्षार्थी समेतलाई निर्दैशनको क्रममा तालिम केन्द्र नै प्रहरी उत्पादनको मुख्य उदगम स्थल भएकोले दक्ष प्रहरी जनशक्ति उत्पादनको लागि समादेशक लगायत प्रशिक्षकहरुले बैज्ञानिक ढंगबाट प्रशिक्षण दिनु पर्ने बताउनु भयो साथै प्रशिक्षार्थीहरु समेतले तालिममा सिकेका ज्ञानहरुको कार्यक्षेत्रमा अक्षरस पालना गर्न समेत निर्देशन दिनु भयो ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदिप गिरी, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगररका प्रमुख राजेशनाथ बास्तोला, प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु एवंम तालिमरत प्रशिक्षार्थीहरु समेतको उपस्थिति रहेको थियो ।