२०८१ आश्विन १३ , आइतवार

पाल्पामा बस दुर्घटना: कम्तीमा ६ जनाको मृत्यु, डेढ दर्जन बढी घाइते

सुनाखरी न्युज/ पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

 

आज साँझ ५ बजे तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते भएको रिब्दीकोट गाउँपालिका–२, का वडाध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

 

गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट तल खसेको थियो । अध्यक्ष पोखरेलका अनुसार दुर्घटनामा परेकाहरुको प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य जारी छ ।