२०८१ आश्विन १३ , आइतवार

सार्वजनिक सवारी चालक तथा सहचालकको स्वास्थ्य चेकजाँच कार्यक्रम

सुनाखरी न्युज/ पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले चरक मेमोरियल अस्पताल पोखरा र हिमालय आंखा अस्पताल संगको समन्वयमा पोखरा अमरसिंह चोकमा सवारी चालक तथा सवारी सहचालकको स्वास्थ्य चेकजाँच शिविर सञ्चालन गरेको छ ।

 

सवारी चालक तथा सहचालकमा आउने सामान्य स्वास्थ्य समस्याले सडक र सवारी दुर्घटनाको सिकार बन्न नपरोस भन्ने मुख्य उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरीएको हो । सवारी चालकहरुले आफ्नो स्वास्थ्य समस्याको विषयमा समयमै थाहा पाउन सके उपचार गर्न सहज हुने र स्वास्थ्य समस्याले निम्त्याउने सडक र सवारी दुर्घटना न्युनिकरण हुने विश्वास ट्राफीक प्रहरीले लिएको छ । उक्त स्वस्थ्य चेकजाँच कार्यक्रममा पोखरा उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीका २०० चालक तथा सहचालकहरुको स्वास्थ्य चेकजाँच गरीएको छ ।

चरक मेमोरियल अस्पताल हिमालय आंखा अस्पताल पोखराको सहकार्यमा गरीएको उक्त कार्यक्रममा सार्वजनिक सवारी चालकहरुको आँखा, ब्लड प्रेसर, सुगर जस्ता रोगहरुको चेकजाँच गरी स्वास्थ्य परामर्श प्रदान गरीएको छ ।