२०८१ पुष २५ , बिहिवार

प्रविधिक स्तरोन्नतिका लागि मनकामना केबलकारको सेवा केहि दिन बन्द हुने

सुनाखरी न्युज/ काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि यहि श्रावन २३ गते देखि केबलकार सेवा बन्द गर्ने भएको छ।

 

एनालग कनेक्ट प्रणाली लाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको हो। यस पछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुनेछ। चितवनको कुरिनटार बाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर सम्म जान यात्रुहरु लाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको हो।

 

स्तरोन्नति कार्य अष्ट्रियाका प्राविधिकहरुले गर्ने छन्। स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने छ यस अबधिभर केबलकार सेवा बन्दरहेता पनि बेसस्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहनेछ।