२०८१ आश्विन ७ , सोमवार

फोहर बोकेर गएको १८ वटा गाडीमा तोडफोड

सुनाखरी न्युज / काठमाण्डौ – बञ्चरेडाँडा ल्यान्डफिल क्षेत्र धादिङ र नुवाकोटको सीमाना नजिकै रोकेर राखेकोे १८ वटा गाडीमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

 

प्रहरीका अनुसार फोहर भरेर गएका १५ वटा टिपर, २ वटा लोडर र एउटा स्काभेटरमा तोडफोड भएको छ । गाडीको सिसा फुटाइएको छ । गाडी कसले तोडफोड गर्‍यो भन्ने बारे खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

 

 

फोहर बोक्ने गाडीमा तोडफोड भएपछि फोहोर ढुवानी प्रभावित हुने भएको छ ।काठमाण्डौका धेरै ठाउँमा लामो समयदेखि नियमित फोहोर उठ्न सकेको छैन