२०८१ पुष २६ , शुक्रवार

नेपाली बजारमा रिभरसङको प्रवेश

सुनाखरी न्युज/ काठमाडौं । वेरेवल तथा मोबाईल एक्सेसोरीज् उत्पादनमा विश्व बजारको अग्रणी उत्पादक रिभरसङ नेपाली बजारमा प्रवेश गरेको छ ।

 

मोबाईल एक्सेसोरीजको आयात तथा विक्री वितरणमा नेपाली बजारको स्थापित नाउँ बन्न सफल केमियो इन्टरनेशनलले रिभरसङलाई नेपाली बजारमा भित्र्याएको हो । गर्दै आएको रिभरसङ मोबाईल एक्सेसोरिज बजारको एक विश्वासिलो ब्राण्ड हो । विश्वका ६० भन्दा बढी मुलुकमा विक्री वितरण भईरहेको रिभरसङ सन् २००० मा चीनको सेन्जेनमा स्थापना भएको थियो । २०१७ मा अमेरिकामा शोध तथा अनुसन्धान केन्द्रको स्थापना गरेपछी एग्रेसिभ ब्राण्डिङमा अग्रसर भएको रिभरसङ सन् २०१६ मै भारतीय बजारमा लन्च गरिएको थियो । आईएमजी टेक्नोलोजी ग्रुपको लाईफस्टायल ब्राण्डको रुपमा रहेको रिभरसङका वायरलेस इअर बड्स् तथा स्मार्टवाच लिएर नेपाली बजारमा प्रवेश गरेको हो ।

 

काठमाडौंको हायात प्लेसमा एक विशेष कार्यक्रम आयोजना गर्दै रिभरसङले नेपाली बजारमा औपचारीक रुपमा प्रवेश गरेको घोषणा गरेको हो । नेपालको लागि अधिकृत विक्रेता तोकिएको केमियो इन्टरनेशनका सह संस्थापक उपेन्द्र शाहले एक गुणस्तरीय ब्राण्डलाई नेपाली बजारमा भित्र्याउन पाएकोमा खुशि ब्यक्त गर्नुभयो । अर्का सह–संस्थापक राज गुप्ताले रिभरसङले नेपाली मोबाईल एक्सेसोरीज बजारमा नयाँ छाप छोड्ने विश्वास ब्यक्त गर्नुभयो । रिभरसङ इण्यिाका प्रमुख कार्यकारी अधिकृत माभेन्द्र कुमार चण्डोलाले विश्वभर नै स्मार्टवाचको बजार बढ्दो क्रममा रहेकाले नेपाली बजारमा समेत राम्रो बजार हाँसिल गर्ने अपेक्षा ब्यक्त गर्नुभयो भने नेपाली बजारमा रिभरसङको ब्राण्ड सचेतना र विकासका लागि कुनै पनि किसिमको सम्झौता नगरिने बताउनुभयो ।

 

रिभरसङले हाल नेपाली बजारमा छ स्मार्टवाच र चार इअरवड्स् सार्बजनिक गरेको हो । अफलाईन डिस्ट्रिब्युसन च्यानल प्रयोग गरि नेपाली उपभोक्तामाझा सहज उपस्थिती जनाउने योजना बनाएको केमियोले केहि विशेष उत्पादनहरुलाई दराज, सस्तो डिल, ग्यापु लगायतका अनलाईन प्लेटफर्म बाट समेत लन्च गर्ने बनाएको केमियोले रिभरसङका सबै उत्पादनहरुमा एक बर्षको वारेन्टी प्रदान गरेको छ भने विक्री पश्चातको सेवामा कुनैपनि सम्झौता नगरिने प्रतिबद्धता ब्यक्त गरेको छ ।

 

केमियो इन्टरनेशनलले रिभरसङका ग्याजेट तथा एक्सेसोरिज्हरुको विक्री पश्चातको सेवा प्रदान गर्नका लागि काठमाडौंको बालाजुमा एक विशेष सेवा केन्द्र संचालनमा ल्याएको छ भने चाईनाटाउन, बाघदरबारमा समेत ग्राहकहरुले विक्री पश्चातको सेवा प्राप्तिका लागि सम्पर्क गर्न सक्नेछन् ।