सुनाखरी न्युज / काठमाडौं । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची छानविन गरी आबश्यकता अनुसार सच्याउनलाई दलहरुलाई सूचित गर्न निर्वाचन आयोगले निर्धारण गरेको समयाबधी आज सकिदैछ ।
गत ४ गतेदेखि आजसम्म बन्दसूची सच्याउनलाई सूचित गर्ने निर्णय आयोगले गरेको थियो । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिने निर्णय पनि गरेको थियो ।त्यसअनुसार अब आयोगले बन्दसूची संशोधन गरी पेश गर्न भोलि देखि १६ गतेसम्मको समय निर्धारण गरेको छ । २२ गते आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तरगतका उम्मेद्वारको अन्तिक नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।
बन्द सूचीको छानवीनका क्रममा त्रुटी देखिएपछि केही दललाइ बन्द सूची सच्याउन आयोगले पत्रचार गरिसकेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाएका छन्