२०८१ पुष ११ , बिहिवार

सुनको भाउ स्थिर

सुनाखरी न्युज / काठमाडौं ।नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो।

आज प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार १७० रुपैयाँमा किनबेच भएको थियो।