२०८१ आश्विन ७ , सोमवार

खाद्य कम्पनीले बेच्न थाल्यो खसी बोका

सुनाखरी न्युज/ काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि खसी, बोका र च्यांग्राको बिक्री सुरु गरेको छ ।

 

बिहान ९ बजेदेखि कम्पनीको थापाथली स्थित बिक्री केन्द्रबाट जिउँदो खसी, बोका र च्यांग्रा सहुलियत दरमा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीले जिउँदो खसी र बोकाको मासु प्रति किलो ६ सय ८० जसमा १० रूपैया छुट दिइएको छ । यसैगरी च्याङग्राको मासु प्रति किलो १ हजार दुइ सय ६० तोकिएको छ । यसमा पनि प्रति केजी १० रूपैया छुट दिइएको छ ।

 

यस पटकको दशैंलाइ करिब २ हजार ४ सय वटा खरिदको प्रक्रिया पूरा भएको र आवश्यक परे थप खरिद गर्ने कम्पनीले जनाएको छ । यस पटक दार्चुलाबाट २०६ वटा च्यांग्रा ल्याइएको कम्पनीले जनाएको छ । यो वर्ष खसीबोकाको मूल्य गत वर्षको दसैंको तुलनामा प्रतिकेजी १ सय ३० रुपैयाँ बढेको छ।