सुनाखरी न्युज / काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैं र तिहारको अवसरमा, सानिमा मोबाइल बैंकिङ्ग सेवाप्रयोग गरी QR Code मार्फत् भुक्तानी गर्ने ग्राहकहरु लाई १० प्रतिशत वा अधिकतम रु. १०० सम्मको छुट प्रादन गर्नेछ ।
यो योजना २०७९ आश्विन १६ देखि २२ गते र कार्तिक ७ देखि१२ गते सम्म फोन पे मर्चेन्टहरुमा मात्र लागू हुनेछ । यस योजनाले डिजिटल भुक्तानी लाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।