२०८१ मंसिर ११ , मंगलबार

डुबानमा परेकाहरुको सकुशल उद्वार

सुनाखरी न्युज/ काठमाडौं । अबिरल वर्षाको कारण डुबानमा परेका करीव १५ घरधुरीका ४० जना व्यक्तिहरुको असोज २३ गते सशस्त्र प्रहरीले सकुुशल उद्वार गरेको छ ।

 

बर्दिया जिल्लाको राजापुर नगरपालिका १ स्थित दौलतपुर गाउँमा बर्षाको कारण कर्णाली नदीको बहाव बढेर गाउँमा पसी करीव ६० घरधुरी डुबानमा परेपछि उद्वार कार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भगरैया र बोर्डर आउट पोष्ट राजापुरको टोली खटिएको हो । सशस्त्र प्रहरीले उनीहरुलाई उद्वार गरी सुरक्षित स्थानमा सारेको छ । यसैगरी दाङ जिल्लाको राजपुर गाउँपालिका ५ स्थित जङग्रहवामा अबिरल वर्षाको कारण डुबानमा परी घर भित्रै फसेका दुई जना गर्भवती महिलाहरुलाई असोज २२ गते सशस्त्र प्रहरीले उद्वार गरी उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाएको छ ।

 

सोही ठाउँ बस्ने २० वर्षीया भावना देवकोटा र २४ वर्षीया रक्षारानी यादवलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर ४१ गण चन्द्रौटा कपिलवस्तु र नम्वर २९ गण ज्वालामाई भालुवाङ्गबाट खटिएको टोलीले स्ट्रिम र रवर बोटको सहायताले सकुशल उद्वार गरी एम्वुलेन्समा राखेर अस्पतालतर्फ पठाएको हो ।