२०८१ मंसिर ८ , शनिवार

महिला क्रिकेट : एपीएफ र सुदुर पश्चिम विजयी

सुनाखरी न्युज/ पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) र सुदुर पश्चिमाञ्चल बिजयी भएका छन् ।

 

पोखरा रंगशालमा मंगलबार भएको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको बागमतीले पुरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ८९ रन जोडेको थियो । जितका लागि ९० रन पछ्याउने क्रममा एपीएफले १९.१ ओभरमा ६ विकेट गुमाएर विजयी लक्ष्य प्राप्त ग¥यो । एपीएफको व्याटिङमा रोमा थापाले २२, ममता चौधरीले १७, सीता राना र नेरी थापाले समान १६ रन बनाए ।

 

बागमतीको तर्फबाट अस्मिना कर्माचार्यको अभिजित १९ तथा सुमन खतिवडाको १९ रनको पारी खेलेका थिए । एपीएफको बलिङमा रेखा रावल, नेरी थापा र इन्दु बर्माले समान एक एक विकेट हात पारे । बागमतीका बलरहरु सोनी पाख्रिन र सुमन खतिवडाले समान दुई÷दुई तथा अस्मिना कर्माचार्यले १ विकेट लिइन् । खेलमा एपीएफकी नेरी थापा प्लेयर अफ द म्याच भइन् । मंगलबारको अर्को खेलमा सुदुर पश्चिमाञ्चलले घरेलु टोली गण्डकी प्रदेशलाई ६ विकेटले पराजित ग¥यो । पहिला व्याटिङ गरेको गण्डकीले पुरा २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ५९ रन बनायो । गण्डकीको तर्फबाट श्रृष्टि जैशिले २८, ज्योत्स्निका मरासिनीले ७, सिमाना केसीले ६, सिला क्षेत्रीले अभिजित ६ रन बनाइन् । सुदुर पश्चिमको बलिङतर्फ रितु कनौजियाले २ तथा अनु कडायत, स्नेहा महरा र सावित्री धामिले समान एक÷एक विकेट लिए ।

 

जितका लागि ६० रनको लक्ष्य सहित मैदान उत्रिएको सुदुर पश्चिमले १०.२ ओभरमा ४ विकेट गुमाउँदा विजयी लक्ष्य प्राप्त ग¥यो । सुदुर पश्चिमको व्याटिङमा रितु कनौजियाले २० बलको सामना गर्दै ३ चौकाको मद्धतमा २२ रन बनाइन् । त्यस्तै, स्नेहा महराले २७ बलमा ४ चौका सहित २१ रन हानिन् । गण्डकीका बलरहरु शिला क्षेत्रीले २ र श्रृष्टि जैशिले १ विकेट लिइन् । खेलमा सुदुर पश्चिमकी रितु कनौजिया प्लेयर अफ द म्याच भइन् ।