२०८१ मंसिर ११ , मंगलबार

अवैध इलेक्ट्रोनिक समान बरामद

सुनाखरी न्युज/ मोरङ । मोरङको बिराटनगर महानगरपालिका-१२ स्थितबाट प्रहरीले अबैध रूपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको इलेक्ट्रोनिक समानहरु बरामद गरेको छ ।

 

सोमबार बेलुका बिराटनगरको दरैया स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को.१ च ३१७८ नम्वरको भेनलाई चेक जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको बिभिन्न प्रकारका इलेक्ट्रोनिक समानहरु बरामद गरेको हो ।

बरामद गरिएका करिव ४ लाख ७० हजार मुल्य बरावरका ईलेक्ट्रोनिक समान र भेनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी बिराटनगरमा बुझाईएको छ ।