२०८१ मंसिर ९ , आइतवार

नेपाल-ईटाली उद्योग बाणिज्य संघ (एनआईसीसीआई)ले नेपाल र ईटाली बीच व्यापार संस्कृति र पर्यटन प्रवद्र्घन गर्ने

सुनाखरी न्युज/ काठमाडौं । नेपाल–ईटाली उद्योग बाणिज्य संघ (एनआईसीसीआई) बीचयहीअसोज २४ गते द्विपक्षीय बैठक सम्पन्नभएको छ । बैठकमा नेपालमाव्यापार विकास र यसमालगानीबारे छलफल भएको थियो ।

 

एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले नेतृत्व गर्नु भएको उक्त बैठकमा नेपाल, भारतकालागि ईटालीका राजदूतश्री भिन्सेन्जो डे लुका,ईटालीको लागि कोलकाताका महावाणिज्य दूत जियानलुका रुबागोटी, ईटालीको लागिदिल्लीका महावाणिज्य दूत र ईटालीका लागिनेपालका महावाणिज्य दूत प्रतिमा राणा पाण्डेको उपस्थिति रहेकोथियो ।एनआईसीसीआईकामानार्थ सदस्य राजेश काजीश्रेष्ठ विशेष अतिथिको रुपमाउपस्थितहुनुहुन्थ्यो साथै एनआईसीसीआईका अन्य वरिष्ठ कार्यकारी समिति सदस्यहरू बैठकमा उपस्थितथिए ।

 

इटालियन राजदूत भिन्सेन्जो डे लुकाले भन्नुभयो“ईटालियन दूतावासलेईटालियन उत्पादन र नेपालमाउपलब्ध सबै उत्पादनहरूको व्यापार मेलाआयोजनागर्ने योजनाबनाएको छ । हामीले ईटालियन उत्पादनलाई नेपालमाप्रचार प्रवद्र्घनगर्न विभिन्न परियोजनाहरू आयोजनागर्ने र नेपालीउत्पादनलाई पनि ईटालीमा प्रचारप्रवद्र्घनगर्ने योजनाबनाएका छौँ।”उहाँले विभिन्नविकास क्षेत्रमालगानीगर्ने चासो देखाउँदै नेपालकाउद्यमी र व्यवसायहरु ईटालीमा फस्टाउनका लागिसक्दो सहयोग गर्नेबताउनुभयो ।

 

एनआईसीसीआईकाउपाध्यक्षसञ्जय अग्रवालले भन्नुभयोनेपाल–इटाली उद्योग बाणिज्य संघ(एनआईसीसीआई) ले २०३० मा रोममाहुनगईरहेको ‘ग्रान्ड ईन्टरनेशनलएक्स्पो’मा नेपाललाई हिस्सा बनाउने लक्ष्य राखेको छ । जलवायु परिवर्तन, विविधता र समावेशीकरणबाट खतरामा परेका क्षेत्र र समुदायहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय विकेन्द्रीकरण र गतिशीलता, आर्थिक र सामाजिक विकासको लागि डिजिटल कनेक्टिभिटीजस्ता कुराहरुबाट नेपाललाई विकास र पुनरुत्थानको क्षेत्रलाई समेट्ने लक्ष्यलिईएको छ । एनआईसीसीआईले आगामी मार्च २०२३ माईटालीमा आयोजना हुने ‘मिलान ट्रेड फेयर २०२३’मा नेपाली व्यापार, उत्पादन र संस्कृतिको प्रवद्र्घन गर्न प्याभिलियन राख्ने योजना बनाएको छ ।

 

नेपाल र ईटाली साँस्कृतिक रुपमाधनी छन् र एकआपसमा आफ्ना सँस्कृति आदानप्रदान गर्दै आईरहेका छन्। सन् २०१५मा नेपालमा गएको भूकम्प पछि ईटाली र नेपालको सम्बन्धमानयाँआयामथपिएको छ जसमा नेपालकालागिईटालीले आर्थिक सहयोग जुटाएको थियो । यो बैठकले नेपाललाई ईटालीमा नेपालको व्यापार र पर्यटन प्रवद्र्धन गर्ने अवसरप्रदान गरेको छ साथै ईटालीले पनि नेपालमाव्यापार रपर्यटनप्रवद्र्धनगर्ने अवसर पाएका छन् ।