सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा भाग लिने उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ । आयोगका अनुसार राजनीतिक दलबाट उम्मेदवारी दिएका उम्मेदवारको चुनाव चिन्ह सोही दलको हुनेछ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ का स्वतन्त्र उम्मेदवार प्राविधिक इन्जिनियर दिपु उप्रेतीले क्रस खुकुरी चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार उप्रेतीलाई क्रस खुकुरी चुनाव चिन्ह दिएको हो । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई बुधबार चुनाव चिन्ह प्रदान गरेको छ। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ का लागि स्वतन्त्र उम्मेदवार बनेका दिपु उप्रेती युवा व्यवसायि तथा सामाजिक अभियन्ता हुन ।
नयाँ पुस्ता रोज्ने कि पुरानो पुस्ता खोज्ने,अबको लडाइ निर्णायक हुनै पर्छ । सक्षम अनुभवी नयाँ पुस्ताले अब पुरानो पुस्तालाई पूर्ण विस्थापनको निम्ती अबको संसदीय चुनाव हो भन्छन उप्रेती । सबैको सपनाहरु साकार गर्न मेरो उम्मेदवारी हो । मङ्सिर ४ घर घरको दिप, सक्षम युवाको सरकार भन्दै उप्रेती चुनावी मैदानमा छन।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न वितरण गरिएको हो। प्रतिनिधि सभा र प्रदेश सभाका लागि छुट्टा छुटुटै निर्वाचन चिह्न वितरण गरिएको आयोगले जनाएको छ।