सुनाखरी न्युज/ कास्की । पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत शुक्रबार बिहान भएको पुरूष भलिबल खेलमा नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेलमा सफलता प्राप्त गरेको छ ।
पोखरा रंगशालास्थित संचालित खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई २५-१६, २५-१२ र २५-११ को सोझो सेटमा पराजित गरेको हो । नेपाल प्रहरीको पुरूष भलिबल टिम समूह ‘ए’ मा रहेको छ । जसमा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । नेपाल पुलिस क्लबले आगमी दोस्रो तथा समूह चरणको अन्तिम खेल लुम्बिनी प्रदेश सँग असोज २९ गते खेल्नेछ ।
नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत गोरखाको गोरखा नगरपालिका-७ गोरखा क्याम्पसको हलमा बिहीबार संचालन भएको बुद्धिचाल खेलमा नेपाल प्रहरीका खेलाडीहरूले सफलता प्राप्त गरेका छन् । बुद्धिचाल खेलमा नेपाल प्रहरीका खेलाडी पुनम प्रसाईं, आभा पुडासैनी, पूर्णिमा गुरूङ, सुबिर लामा र क्षितिज भण्डारीले सफलता प्राप्त गरेका हुन् ।