२०८१ आश्विन ७ , सोमवार

रोकिएको डेंगुको प्रभाव, १७ सय बढी डेंगु रोगी थपिए

सुनाखरी न्युज/ काठमाडौं ।

देशभर १ हजार ७१४ जना डेंगु रोगी थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको हो ।

 

त्यस्तै, थप १ जना डेंगु रोगीको पनि मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।